असोज ३० गते २०८३ || October 16, 2026

काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह, उपप्रमुखमा सुनिता डंगोल


शुक्रबार, जेठ १३ २०७९०८:१४

काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह,  उपप्रमुखमा सुनिता डंगोल

काठमाडौं - गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार महानगरपालिकाको प्रमुखमा “लौरो” निर्वाचन चिह्न भएका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) भारी मतसहित विजयी भएको छ ।शाह ६१ हजार‍ ७६७  मतसहित विजयी भएका हुन्।

काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार बालेनका प्रतिस्पर्धी  नेपाली कांग्रेसका सिर्जना सिंहले ३८ हजार ३४१ मत र नेकपा (एमाले) का केशव स्थापितले भने ३८ हजार ११७  मत प्राप्त गरेका जनाइएको छ।

यता, महानगर उपप्रमुखमा एमालेकी सुनिता डंगोल पनि फराकिलो मतान्तरसहित विजयी भएको छ ।  डंगोल  ६८ हजार ६१२   मतसहित विजयी भएको हो ।  गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी)  उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०५ मत ल्याएका छन् ।


  • सम्बन्धित विषय:

  • # सुनिता डंगोल
  • # काठमाडौं महानगरपालिका


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend