काठमाडौँ - नेकपा एमालेले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार सचिवालय बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने छ । निर्वाचन आयोगका कार्यतालिका अनुसार ९ बजेदेखि सुरु हुने मनोनयन दर्तालाई ध्यानमा राखेर एमालेले उम्मेदवार तय गर्न लागेको हो ।
सत्ता गठबन्धनका उम्मेदवारले जित्ने निश्चित भएपछि एमालेले उम्मेदवार चयनका लागि समेत ढिलाइ गरेको हो। यसअघि राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए।