कात्तिक १ गते २०८३ || October 17, 2026

उपराष्ट्रपति चुनावको लागि आज उम्मेदवारको मनोनयन दर्ता


शनिबार, फागुन २७ २०७९०७:०१

उपराष्ट्रपति चुनावको लागि आज उम्मेदवारको मनोनयन दर्ता

 काठमाण्डौँ - आउँदो चैत ३ गते हुने उपराष्ट्रपतिको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । भोलि अन्तिम नामावली प्रकाशन गर्ने र चैत ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।

उपराष्ट्रपतिको कार्यकाल चैत ५ मा सकिँदैछ । उपराष्ट्रपति उम्मेदवार बन्न वंशजका आधारमा नेपाली नागरिक भएको र ४५ वर्ष पूरा भएको हुनुपर्छ ।  


  • सम्बन्धित विषय:

  • # उपराष्ट्रपति चुनावको लागि आज उम्मेदवारको मनोनयन दर्ता


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend