कात्तिक १ गते २०८३ || October 17, 2026

मुख्यमन्त्री जम्कट्टेल भन्छन्_'प्रधानमन्त्रीविरुद्ध मुद्दा हालेर अर्को द्वन्द्व सिर्जना गर्न खोजियो' 


शनिबार, फागुन २७ २०७९०८:१५

मुख्यमन्त्री जम्कट्टेल भन्छन्_'प्रधानमन्त्रीविरुद्ध मुद्दा हालेर अर्को द्वन्द्व सिर्जना गर्न खोजियो' 

 काठमाण्डौँ - बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले अहिलेको परिवर्तनलाई स्वीकार गर्न नसक्ने तत्त्वले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा हालेर मुलुकमा अर्को द्वन्द्व सिर्जना गर्न खोजिएको बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङ्ग स्थित कामदा मा।वि।को नवनिर्मित विद्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जमरकट्टेलले प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा मुद्दा हालेर देशलाई अर्को राजनीतिक मुठभेड तिर लान खोजिएको बताए । 

वर्तमान प्रधानमन्त्री प्रण्चण्डको नेतृत्वमा भएको १० बर्षे जनयुद्धकै कारण एकात्मक, सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरेर अहिलेको सङ्घीय लोकतान्त्रिक, गणतन्त्र नेपाल बनेको मुख्यमन्त्री जमरकट्टेलले बताए । ‘जनयुद्धकै कारण अहिलेको राज्य व्यवस्था प्राप्त भएको हो । समानुपातिक समावेशी, सबै जातजाति, भाषा, वर्ग समुदायको राज्यमा प्रतिनिधित्व हुने गरी अहिलेको व्यवस्था प्राप्त गरेका छौँ । यो उपलब्धि र परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरुले देशको कार्यकारी प्रधानमन्त्रीलाई मुद्दा हालेका हुन्’ उनले भने । 

मुख्यमन्त्री जमरकट्टेलले अदालती प्रक्रियामा गएमा देशभरका सबै राजनीतिक दलका नेताहरु, तत्कालीन समयमा सरकारमा बस्नेहरु, सेना, प्रहरीका हाकिमहरु, सांसदहरु लगाएत ७७ वटै जिल्लाका हजारौ व्यक्तिहरुलाई मुद्दा लाग्ने बताए । द्वन्द्वकालमा भएका घटनाहरुको सबै पीडितहरूलाई न्याय दिनु पर्छ भन्ने पक्षमा माओवादी रहेको भन्दै मुख्यमन्त्री जमरकट्टेलले नियमित अदालती प्रक्रियाबाट नभई विस्तृत शान्ति सम्झौतामा उल्लेखित सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत कानुन निर्माण गरी सबै घटनाहरुको निष्पक्ष छानबिन गरेर मात्रै पीडितहरूलाई न्याय दिलाउन सकिने बताउए । 


  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री जम्कट्टेल भन्छन्_'प्रधानमन्त्रीविरुद्ध मुद्दा हालेर अर्को द्वन्द्व सिर्जना गर्न खोजियो'


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend