असोज ३० गते २०८३ || October 16, 2026

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ


शनिबार, जेठ १४ २०७९१०:२६

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ

काठमाडौं - सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन्। कोइरालालाई प्रहरीले शुक्रबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि २०७७ साउत ८ छुटेका थिए। बिहीबार सर्वाेच्च अदालतले फैसला उल्टाएपछि कोइरालालाई प्रहरीले फेरि पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) बसन्तबहादुर कुँवरका अनुसार सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै बिहीबार जन्मकैदको सजाय हुने फैसला सुनाएपछि शुक्रबार साँझ ६ बजे प्रहरीले पुनः पक्राउ गरेको हो। 

बिहीबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडालको संयुक्त इजलासले कोइरालालाई जन्मकैदको फैसला गरेको थियो। 

यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला पुनरावलोकन भएसँगै कोइराला पुनः पक्राउ परेका हुन्। 


  • सम्बन्धित विषय:

  • # रञ्जन कोइराला


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend