कात्तिक २ गते २०८३ || October 18, 2026

आजको मौसम : पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना


आइतबार, फागुन २८ २०७९०७:११

आजको मौसम : पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले यतिवेला देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागका एक दुई स्थानमा   चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।  राति पनि देशका पहाडी भूभागमा आंशिक बदली  रहनेछ । 

सोमबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली रहने महाशाखाले जनाएको छ । आगामी केही दिन  देशका पहाडी भूभागमा  चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ । 


  • सम्बन्धित विषय:

  • # आजको मौसम : पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend