कात्तिक १ गते २०८३ || October 17, 2026

माओवादी धारका पार्टीहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दै


आइतबार, फागुन २८ २०७९०७:४०

माओवादी धारका पार्टीहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौँ - माओवादी धारका ८ वटा दलहरुले आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार पत्रकार सम्मेलन आईतबार दिउँसो २ बजे प्रज्ञा प्रतिष्ठानमा हुनेछ । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शीर्ष नेताहरू उपस्थित रहनेछन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षअघि बोलेको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि माओवादी आन्दोलनमा लागेका पार्टी र नेताहरु झस्किएका छन् ।


  • सम्बन्धित विषय:

  • # माओवादी धारका पार्टीहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend