असोज ३० गते २०८३ || October 16, 2026

सहरबासीको स्वस्थ्य र सुन्दर जीवनका लागि, सफा र सुन्दर सहर अपरिहार्य : मन्त्री झाँक्री

सफा–र–सुन्दर–सहर–अपरिहार्य


शनिबार, जेठ १४ २०७९११:३२

सहरबासीको स्वस्थ्य र सुन्दर जीवनका लागि, सफा र सुन्दर सहर अपरिहार्य : मन्त्री झाँक्री

काठमाडौँ - सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आवश्यक अध्ययन अनुसन्धान तथा बजेटको सुनिश्चितताको अभावमा विकास आयोजनाका काम अपेक्षा गरिए अनुरुप अगाडि बढ्न नसकेको बताएकी छन्। उनले सहरबासीको स्वस्थ्य र सुन्दर जीवनका लागि सफा र सुन्दर सहर अपरिहार्य रहेको प्रस्ट पारेकी हुन्।  

झाँक्रीले केही वर्षयता स्मार्ट सहर, नयाँ सहर, भ्यु टावर, ठूला ठूला सभाहललगायतका महत्वकाङ्काक्षी आयोजनाहरु अघि सारिए पनि त्यसको उद्देश्य, निर्माण, सञ्चालन तथा लगानीको ढाँचाबारे स्पष्टता नभएकोबताए। उनले स्पष्ट योजनाविनाको भ्यूटावर उन्नति र समृद्धिको द्योतक हुन नसक्ने स्पष्ट पारिन्।

सहरी विकास मन्त्रालयद्धारा शुक्रबार राजधानीमा आयोजित सहरी विकाससँग सम्बन्धित समसमायिक विषयमा सञ्चारकर्मीहरुको लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री झाँक्रीले सो धारणा व्यक्त गरेकी हुन् । मन्त्री झाँक्रीले समाज र मुलुकको समस्या तथा राज्यले लिएको नीतिबारे राम्रो ज्ञान भएका सञ्चारकर्मीले मात्र देश र जनताको पक्षमा पत्रकारिता गर्नसक्ने धारणा व्यक्त गरिन् ।

 


  • सम्बन्धित विषय:

  • # झाँक्री
  • # सहरी विकासमन्त्री


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend