कात्तिक २ गते २०८३ || October 18, 2026

काठमाडौं आउँदै गरेको बस दुर्घटना, पाँच यात्रुको मृत्यु, १९ जना घाइते 


आइतबार, फागुन २८ २०७९११:१९

काठमाडौं आउँदै गरेको बस दुर्घटना, पाँच यात्रुको मृत्यु, १९ जना घाइते 

काठमाण्डौँ - मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिकल गाउँपालिका ४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा पाँचको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस कुइभिरडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए ।

दुर्घटनामा १९ जना घाइते भएका छन्। उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।  प्रहरीका अनुसार ब्रेक फेल भएर दुर्घटना भएको जनाइएको छ।


  • सम्बन्धित विषय:

  • # काठमाडौं आउँदै गरेको बस दुर्घटना, पाँच यात्रुको मृत्यु, १९ जना घाइते


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend