असोज ३० गते २०८३ || October 16, 2026

अध्यक्ष ‘प्रचण्ड’ले दिए नवनिर्वाचित मेयर बालेन्द्र साहलाई शुभकामना


शनिबार, जेठ १४ २०७९११:५०

अध्यक्ष ‘प्रचण्ड’ले दिए नवनिर्वाचित मेयर बालेन्द्र साहलाई शुभकामना

काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह(बालेन)लाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन्। बालेन महानगरपालिकाको मेयरमा निर्वाचित भएपछी अध्यक्ष ‘प्रचण्ड’ले  शुभकामना दिएका हुन् ।   

‘प्रचण्ड’ले भनेका छन्, ‘काठमाडौंमा बालेन जसरी आउनु भयो, मैले त्यसलाई सकारात्मक ठान्छु। बालेन जसरी अगाडि आउनु भयो त्यो चाहिँ पार्टीहरुका लागि पनि सकारात्मक नै कुरा हो भन्ने ठान्छु । सबै पार्टीहरुका लागि पनि एउटा सन्देश दिनु भएको छ उहाँले, त्यस अर्थमा उहाँलाई म बधाई भन्न चाहन्छु।’

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका बालेन्द्र शाह विजयी भएका छन्। बालेन्द्रले ६१ हजा र ७६७ मत प्राप्त गर्दै विजयी प्राप्त गरेका हुन्।

 


  • सम्बन्धित विषय:

  • # प्रचण्ड


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend