असोज ३० गते २०८३ || October 16, 2026

मुहानमा पानी सुकेपछि खानेपानीमा हाहाकार मच्चियो।


सोमबार, फागुन २९ २०७९१०:३२

मुहानमा पानी सुकेपछि खानेपानीमा  हाहाकार मच्चियो।

सदरमुकाम सिमकोट बजारका लागि पानीको आपुर्ती हुँदै आएको हुमाने खोलाको मुहानमा पानी सुकेपछि उपभोक्ताहरूलाई पानीको हाहाकार भएको छ । हिउँदमा हिमपात राम्रो नहुँदा सुख्खा लागेसँगै मुहानको पानी सुक्दा पानीको समस्या भएको हो । 

बर्खा याममा पानी राम्रो आउने गरेको भए पनि यस वर्ष हिउँद निक्कै कम हिमपात भएको कारण पानीको समस्या भएको हो।  

समितिले पानी आपूर्ति गर्दै आएका उपभोक्ताहरूको माग दैनिक आठ लाख लिटर रहेकोमा हाल दैनिक बिहान र बेलुका चार लाख लिटरसम्म पानी आपूर्ति गर्न सकिएको जनाएको छ । यसका लागि दुई वटा पचास हजार लिटर क्षेमताका रिजर्भ भार ट्याङ्की, चार वटा बिस हजार लिटर अड्ने क्षेमताका साना ट्याङ्कीमा पानी जम्मा गरेर वितरण गरिँदै आएको छ । उहाँले बर्षायाममा साना ठुला सबै ट्याङ्कीमा पानी भरिए पनि अहिले आधा मात्र जम्मा हुने गरेको बताउनुभयो । यसबाट चार सय व्यक्तिगत धाराबाट पानी एक देखि दुई घण्टासम्म पालो लगाएर वितरण गर्ने गरिएको समितिले जनाएको छ । अझ सार्वजनिक धारामा त पानी नै आउन छोडेको छ । यो समस्या विगतका वर्षहरूमा केही हुँदा आएको भए पनि यो वर्ष भने बढी देखिएको हो ।


  • सम्बन्धित विषय:

  • # मुहानमा
  • # पानी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend