कात्तिक १ गते २०८३ || October 17, 2026

 माओवादी धारको संयुक्त अन्तरक्रिया काठमाडौंको प्रज्ञा भवनमा चैत ८ गते हुने 


सोमबार, फागुन २९ २०७९११:४२

 माओवादी धारको संयुक्त अन्तरक्रिया काठमाडौंको प्रज्ञा भवनमा चैत ८ गते हुने 

 काठमाडौँ - माओवादी धारको संयुक्त अन्तरक्रिया काठमाडौंको प्रज्ञा भवनमा चैत ८ गते हुने भएको छ । फागुन ३० गते गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम ८ दिनपछि मात्रै हुने भएको हो ।  गत आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले चैत ८ गते मात्रै अन्तरक्रिया गर्ने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए । ‘हामीबीच असमझदारी बढेर होइन ।

कार्यक्रम गर्न हलको समस्या  भएकाले अन्तरक्रिया  सारेका हौं’ रातोपाटीसँग कुरा गर्दै बुढाले भने,‘ अन्तरक्रिया कार्यक्रमको मोडालिटी र वक्ताको फाइनल गरेर कार्यक्रम गरिने छ ।’ जनयुद्धकालीन मुद्दाका विषयमा सरोकारवाला निकायलाई बोलाएर छलफल गरिने बुढाले बताए । पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम गर्ने तयारी गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # माओवादी धारको संयुक्त अन्तरक्रिया काठमाडौंको प्रज्ञा भवनमा चैत ८ गते हुने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend