कात्तिक १ गते २०८३ || October 17, 2026

'तत्काल सरकारमा जाँदैनौं' : रबि लामिछाने 


सोमबार, फागुन २९ २०७९१२:०२

'तत्काल सरकारमा जाँदैनौं' : रबि लामिछाने 

 चितवन -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । 

पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको बताए । “सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।” उनले भने । उनले सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए । उनले थपे “अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन । ”  

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनको भनाइ थियो । आफ्नो दलको  राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति  लामिछानेले उल्लेख गरे ।


  • सम्बन्धित विषय:

  • # 'तत्काल सरकारमा जाँदैनौं' : रबि लामिछाने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend