कात्तिक १ गते २०८३ || October 17, 2026

माधव नेपालले भने__'उपराष्ट्रपतिमा रामसहायलाई पूर्णरूपमा सहयोग गर्छौँ'


सोमबार, फागुन २९ २०७९१२:३५

माधव नेपालले भने__'उपराष्ट्रपतिमा रामसहायलाई पूर्णरूपमा सहयोग गर्छौँ'

 काठमाडौँ - उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

यादव नेपाललाई भेट्न सोमबार बिहान उनकै निवास कोटेश्वर पुगेका थिए । भेटमा यादवले उपराष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । जवाफमा नेपालले पूर्णरूपमा सहयोग गर्ने बताए । रामसहायसँगै नेपाल निवास पुगेका जनता समाजवादी पार्टी जसपा नेता प्रदीप यादवले भनेका छन्, ‘उहाँ माधवकुमार नेपालले पूर्णरूपमा सहयोग गर्ने भन्नुभएको छ ।’

जसपा नेता रामसहाय प्रसाद यादव १० दलीय सत्तारूढ गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार बनेका हुन् । यद्यपि गठबन्धनबाटै प्रमिला यादव र ममता झाकोसमेत उम्मेदवारी कायमै छ ।

गठबन्धनका नेताहरूले अन्तिम समयमा एकजना मात्रै उम्मेदवार हुने बताइरहेका छन् । तर पनि प्रमिला र ममताले पनि आफू ‘ब्याक’ नहुने अडान राखेका छन् । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ ।


  • सम्बन्धित विषय:

  • # माधव नेपालले भने__'उपराष्ट्रपतिमा रामसहायलाई पूर्णरूपमा सहयोग गर्छौँ'


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend