कात्तिक १ गते २०८३ || October 17, 2026

उपराष्ट्रपतिमा रामसहायलाई नै जिताउने प्रधानमन्त्रीको प्रतिबद्धता


सोमबार, फागुन २९ २०७९०१:१०

उपराष्ट्रपतिमा रामसहायलाई नै जिताउने प्रधानमन्त्रीको प्रतिबद्धता

 काठमाडौँ - प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा का संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई जिताउने प्रतिबद्धता जनाएका छन् ।

सोमबार बिहान उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित उनकै कार्यकक्ष पुगेका थिए । त्यसक्रममा रामसहायले प्रधानमन्त्री प्रचण्डलाई उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले जिताउने प्रतिबद्धता व्यक्त गरेको जसपा नेता प्रदीप यादवले बताए ।

‘उहाँले रामसहायज्यूलाई जिताउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफू र आफूसम्बद्ध पार्टीले समर्थन गर्ने कुरामा ढुक्क रहनूस् भनेर भन्नुभयो,’ नेता यादवले भने ।


  • सम्बन्धित विषय:

  • # उपराष्ट्रपतिमा रामसहायलाई नै जिताउने प्रधानमन्त्रीको प्रतिबद्धता


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend