कात्तिक १ गते २०८३ || October 17, 2026

सक्रियता बढाउँदै उपराष्ट्रपतिका उम्मेदवार रामसहाय, मुख्य नेताहरुसँगको छलफलमा तिब्रता !


पिपल अनलाइन
सोमबार, फागुन २९ २०७९०४:३६

सक्रियता बढाउँदै उपराष्ट्रपतिका उम्मेदवार रामसहाय, मुख्य नेताहरुसँगको छलफलमा तिब्रता !

 काठमाडौँ - उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवले सक्रियता बढाएका छन् ।

जनता समाजवादी पार्टी जसपाका संसदीय दलका नेतासमेत रहेका यादवले उपराष्ट्रपतिको उम्मेदवार बनेपछि गठबन्धनसम्बद्ध दलका नेताहरूसँगको भेटघाट, छलफल तथा संवादलाई तीव्रता दिएका छन् ।

सोमबार मात्रै उनले प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

दुवै नेताहरूले उपराष्ट्रपतिको निर्वाचनमा रामसहायलाई पूर्णरूपमा समर्थन गर्ने प्रतिबद्धता जनाएको जसपा नेता प्रदीप यादवले बताए ।
प्रचण्ड(माधवपछि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । देउवाले कांग्रेस रामसहायको पक्षमा रहेको बताएको नेता प्रदीप यादवले बताए ।


  • सम्बन्धित विषय:

  • # सक्रियता बढाउँदै उपराष्ट्रपतिका उम्मेदवार रामसहाय, मुख्य नेताहरुसँगको छलफलमा तिब्रता !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend