कात्तिक २ गते २०८३ || October 18, 2026

नुवाकोटको ढुंगेवजारमा आगलागीबाट दुईवटा पसल पुर्णरुपमा जलेर नष्ट


मंगलबार, फागुन ३० २०७९०७:०७

नुवाकोटको ढुंगेवजारमा आगलागीबाट दुईवटा पसल पुर्णरुपमा जलेर नष्ट

 नुवाकोट - नुवाकोटको ढुंगेवजारमा गएराती भएको लागलागीमा परि दुईवटा पसल पुर्णरुपमा नष्ट भएको छ । विदुर नगरपालिका १ ढुंगेवजारमा मध्यराती आगलागी हुँदा करौंडौं रुपैया बराबरको धनमाल नष्ट भएको छ । स्थानीय सुरेश श्रेष्ठको किराना पसल र रामेश्वर अधिकारीको प्लाष्टिक सामग्री पसलमा आगलागी भएको हो ।

मध्यराती पौने १२ वजे अधिकारीको प्लाष्टिक सामग्री पसलमा आगो लागिरहेको स्थानीयवासीले देखेपछि गुहार मागेपछि अन्यले जानकारी पाएका थिए । यस्तै सँगै जोडिएको सुरेश श्रेष्ठको किराना पसलसमेत जलेर नष्ट भएको छ ।

प्लाष्टिक तथा खाद्य सामग्री पसलमा लागेको आगो स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा दमकलको प्रयासमा दुई घण्टापछि नियन्त्रणमा आएको थियो । आगजनीको कारण खुल्न सकेको छैन भने यस सम्वन्धमा विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # नुवाकोटको ढुंगेवजारमा आगलागीबाट दुईवटा पसल पुर्णरुपमा जलेर नष्ट


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend