कात्तिक १ गते २०८३ || October 17, 2026

ललितपुर जिल्ला समन्वय समितिको निवाचन प्रक्रिया बुधबारदेखि सुरु हुँदै


बुधबार, जेठ १८ २०७९१२:३०

ललितपुर जिल्ला समन्वय समितिको निवाचन प्रक्रिया बुधबारदेखि सुरु हुँदै

काठमाडौं - ललितपुर जिल्ला समन्वय समितिको निवाचन प्रक्रिया बुधबारदेखि सुरु हुँदैछ। ललितपुर मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले बुधबार बिहान १० बजे मतदाता नामावली प्रकाशन यस उपर दाबी विरोध, उजुरी र छानबिन गर्ने कार्यक्रम रहेको जानकारी दिए।

यसैगरी, दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको उनले बताए। “मछिन्द्रनाथका कारण सबै राजनीतिक दलहरुले भोलि नै निर्वाचन सक्नुपर्छ भन्नुभएको थियो तर, एकै दिनमा भ्याइँदैन भनेर दुई दिनको कार्यक्रम राखियो”, उनले भने।

बिहीबार बिहान १० बजेदखि उम्मेदवारी दाबी विरोध र फिर्ता गर्ने कार्यक्रम छ भने दिउँसो २ देखि ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ। सोही दिन मतगणनापछि, नतिजा प्रकाशन र मुख्य निर्वाचन अधिकृतले जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुखलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । 

कार्यपालिकाको निर्वाचन सकियो, जिल्ला समन्वय समितिको कार्यक्रम आज प्रकाशन र टाँस गरिएको छ। यो सबै कार्यक्रम मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने उनले बताए । ललितपुर जिल्लाका ६ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी जम्मा १२ जना मतदाता छन्। जिल्ला समन्वय समितिमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित महिला सदस्य र अरु तीन सदस्य गरेर नौ सदस्य निर्वाचित हुनेछन्। 


  • सम्बन्धित विषय:

  • # ललितपुर जिल्ला


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend