कात्तिक २ गते २०८३ || October 18, 2026

सेती नदीमाथि निर्माण भएको पक्की पुल सञ्चालनमा नआउँदै भाँचिएपछि फेरि बन्ने


पिपल अनलाइन
मंगलबार, फागुन ३० २०७९०२:२९

सेती नदीमाथि निर्माण भएको पक्की पुल सञ्चालनमा नआउँदै भाँचिएपछि फेरि बन्ने

कास्की - कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३० र ३३ बिचमा पर्ने सेती नदीमाथि निर्माण भएको पक्की पुल सञ्चालनमा नआउँदै भाँचिएपछि फेरि बन्ने भएको छ ।

निर्माण सकिएर यातायात सञ्चालनका लागी तैयारी भैरहेका बेला फलामे पाता समेत भाँचिएर पुल तल झरेपछि भत्काएर फेरि बनाउन शुरु गरिएको हो ।

सो ठाउँमा २३ बर्ष पहिले निर्माण भएको पुल तीन बर्षअघि सेती नदीमा आएको बाढीले पुलको दायाँ बायाँ जमिन भाँसिएपछि पुल चर्केर जोखिममा परेकोले पुरानो पुलमा आवतजावत बन्द गरी नजिकै नयाँ पुल निर्माणको काम भएको थियो ।

स्वीस सरकार बिकास सहयोग अन्तर्गत एस।डि।सी, डोलीको ६ करोड ११ लाख रुपैयाको लगानीमा निर्मित सो पुल भाँचिएपछि फेरि बनाउनका लागि पुलको ढलान भत्काउने काम सम्पन्न भएको छ ।

लामो समयदेखी यातायात सञ्चालनमा समस्या रहेको ठाउँमा पुल निर्माण भएपछि गाउँको बिकासको ढोका खुलेको भन्दै उत्साहित भएका स्थानिय गुणस्तरहिन सामान प्रयोग गरी पुल निर्माण गर्दा सञ्चालनमा आउनु पहिलै भत्किएपछि निरास भएका छन् ।


  • सम्बन्धित विषय:

  • # सेती नदीमाथि निर्माण भएको पक्की पुल सञ्चालनमा नआउँदै भाँचिएपछि फेरि बन्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend