कात्तिक ३ गते २०८३ || October 19, 2026

आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको संभावना !


बुधबार, चैत १ २०७९०७:१३

आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको संभावना !

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भूभागहरूमा आंशिक बदली रहने छ ।

कोशी प्रदेश लगायत बाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

राति भने देशको पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको संभावना !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend