काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् ।
उक्त भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएको थिए।महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, देउवाले भनेका थिए ।
जवाफमा साहले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए। प्रधानमन्त्री देउवाले काठमाडौंमा विजयी हुनु चानचुने नभएको र बालेनले लेखेरै आएको प्रस्ट पारे ।