कात्तिक १ गते २०८३ || October 17, 2026

के गर्दैछ राप्रपा नेपाल ?


पिपल अनलाइन
बुधबार, चैत १ २०७९१२:१४

के गर्दैछ राप्रपा नेपाल ?

काठमाडौँ - २०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि आफ्नो पराजयमा निर्मल निवासको हात रहेको भन्दै राप्रपाबाट अलग भएका कमल थापा मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा मक्वानपुरबाट पराजित बने ।

सधैं पार्टी राजनीतिको केन्द्रमा रहेका थापा महाधिवेशनमा लिङ्देनसँग पराजित बनेसँगै राजनीतिमा ओझेलमा परेका छन्। पूर्व राजाले आफूलाई हराएको आरोप लगाएर राप्रपाबाट अलग भएका थापाले वर्षौंदेखि अंगाल्दै आएको संवैधानिक राजतन्त्रको मुद्दासमेत छोडेका छन्। उनले नेपाललाई हिन्दु राज्य बनाउने मुद्दा भने छोडेका छैनन्।

पाँच वर्ष अगाडिको निर्वाचनमा आफूसमेत पराजित बनेका थापाले राप्रपालाई राष्ट्रिय दलको मान्यता दिलाउन समेत सकेका थिएनन्। सत्ता केन्द्रित राजनीति गरेको आरोप लागेका थापाले राप्रपा नेपाल गठन गरेपछि उनको शक्ति कमजोर बनेको छ। नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्दासमेत थापाले जित निकाल्न सकेनन्।

उनी राप्रपाबाट अलग भएपछि लिङ्देन नेतृत्वमा चुनावमा होमिएको राप्रपा अहिले मुलुकको पाँचौं शक्ति बनेको छ। तर कमल थापा यतिबेला ‘गुमनाम’ जस्तै बनेका छन्।

सामाजिक सञ्जालमा भने थापा सक्रिय छन्। उनी समसामयिक राजनीतिक विषयमा सामाजिक सञ्जालमा टिप्पणी गरिरहन्छन्।राप्रपा नेपाल गठन गरेका थापा यतिबेला संगठन सुदृढिकरण अभियानमा सक्रिय रहेको महामन्त्री राजाराम बर्तौला बताउँछन्।


  • सम्बन्धित विषय:

  • # के गर्दैछ राप्रपा नेपाल ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend