कात्तिक ३ गते २०८३ || October 19, 2026

ठमेल क्षेत्रका घर टहरा खाली गर्न काठमाडौं महानगरपालिकाको १५ दिने सूचना


पिपल अनलाइन
बुधबार, चैत १ २०७९०१:००

ठमेल क्षेत्रका घर टहरा खाली गर्न काठमाडौं महानगरपालिकाको १५ दिने सूचना

काठमाडौँ - काठमाडौं महानगपालिकाले ठमेल क्षेत्रमा निर्माण स्वीकृति नलिई निर्माण गरेका घर टहरा खाली गर्न सूचना जारी गरेको छ ।

बुधवार गोरखापत्रमा १५ दिने सूचना प्रकाशन गर्दै महानगरपालिकाले ‘नक्सा पास नगरी निर्माण भएका घर टहराहरूमा व्यवसाय सञ्चालन गरी आएका व्यवसायीले करिब २ वर्षदेखि भाडा रकम नतिरी, जबर्जस्ती स्थान ओगटी भाडा रकम माग्दा विभिन्न धाक धम्की दिएको’ उल्लेख गर्दै १५ दिनभित्र महानगरपालिकाको २६ नम्बर वडा कार्यालयमा उपस्थित हुन भनिएको छ ।


  • सम्बन्धित विषय:

  • # ठमेल क्षेत्रका घर टहरा खाली गर्न काठमाडौं महानगरपालिकाको १५ दिने सूचना
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend