कात्तिक १ गते २०८३ || October 17, 2026

उपराष्ट्रपतिका लागि मतदान अन्तिम चरणमा (तस्वीरहरू)


पिपल अनलाइन
शुक्रबार, चैत ३ २०७९०२:२०

उपराष्ट्रपतिका लागि मतदान अन्तिम चरणमा (तस्वीरहरू)

काठमाण्डौँ - उपराष्ट्रपतिका लागि भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन अधिकृतको कार्यालयको अनुसार शुक्रबार मध्याह्नसम्म ६१० मत खसेको छ। जसमा प्रतिनिधि सभा र प्रदेश सभाका २१८ र प्रदेश सभाका ३९२ सांसदले मतदान गरिसकेका छन् ।

उपराष्ट्रपतिको निर्वाचनका लागि संघीय संसद्का ३३२ र प्रदेश सभाका ५५० सांसद मतदाता रहेका छन् । आज बिहान १० बजेदेखि मतदान शुरू भएको हो । उपराष्ट्रपतिमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र पर्मिला कुमारी तथा जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् ।


  • सम्बन्धित विषय:

  • # उपराष्ट्रपतिका लागि मतदान अन्तिम चरणमा (तस्वीरहरू)
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend