कात्तिक ३ गते २०८३ || October 19, 2026

आजको मौसम : बिहानैदेखि पहाडी भू–भागमा वर्षा, दिउँसो कोसीदेखि वाग्मती प्रदेशसम्म वर्षा !


पिपल अनलाइन
शनिबार, चैत ४ २०७९०६:५७

आजको मौसम : बिहानैदेखि पहाडी भू–भागमा वर्षा, दिउँसो कोसीदेखि वाग्मती प्रदेशसम्म वर्षा !

 काठमाण्डौँ  - देशका केही भागमा आज बिहान वर्षा भइरहेको छ । देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।  
  
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ÷हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहको छ । कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 


  • सम्बन्धित विषय:

  • # आजको मौसम : बिहानैदेखि पहाडी भू–भागमा वर्षा, दिउँसो कोसीदेखि वाग्मती प्रदेशसम्म वर्षा !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend