कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रपति र प्रधानमन्त्रीबीच पहिलो औपचारिक भेटवार्ता


शनिबार, चैत ४ २०७९०७:११

राष्ट्रपति र प्रधानमन्त्रीबीच पहिलो औपचारिक भेटवार्ता

चैत्र ४, काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उनिहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति र प्रधानमन्त्रीबीच पहिलो औपचारिक भेटवार्ता


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend