कात्तिक २ गते २०८३ || October 18, 2026

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक बस्दै


पिपल अनलाइन
आइतबार, चैत ५ २०७९०६:५४

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक बस्दै

 काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने विश्वासको मतबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे १० बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबारको संसद बैठकमा विश्वासको मत लिन लागेका छन् । त्यसबारे छलफल गर्न आज नै कांग्रेसको संसदीय दलको बैठक पनि बस्दैछ । बैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने छ ।

आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । यही बैठकबाट कांग्रेस सत्ता पक्षको बेन्चमा र नेकपा एमाले प्रतिपक्षीको बेन्चमा सर्ने तयारी छ ।


  • सम्बन्धित विषय:

  • # कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend