कात्तिक १ गते २०८३ || October 17, 2026

स्ववियुमा नयाँ नेतृत्व छान्न मतदान सुरु


पिपल अनलाइन
आइतबार, चैत ५ २०७९०९:१९

स्ववियुमा नयाँ नेतृत्व छान्न मतदान सुरु

 काठमाडौँ - त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बन्ध प्राप्त अधिकांश क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन भइरहेको छ ।

देशैभर विहान ८ बजेदेखि मतदान भइरहेको छ । केही क्याम्पसमा मतदानमा ढिलाई भएको  छ । मतदानको समय अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।


  • सम्बन्धित विषय:

  • # स्ववियुमा नयाँ नेतृत्व छान्न मतदान सुरु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend