असोज ३० गते २०८३ || October 16, 2026

एक हप्ताभित्रै नुवाकोटको सिसडोललाई दुर्गन्धमुक्त बनाउने बालेन्द्र शाहको घोषणा


शुक्रबार, जेठ २० २०७९१०:०२

एक हप्ताभित्रै नुवाकोटको सिसडोललाई दुर्गन्धमुक्त बनाउने बालेन्द्र शाहको घोषणा

काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले एक हप्ताभित्रै नुवाकोटको सिसडोललाई दुर्गन्धमुक्त बनाउने बताएको छ।  शुक्रबार महानगरपालिकाको टोलीसहित सिसडोल पुग्नुभएका मेयर शाहले यस्तो बताएको हो। लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समस्या हल नभएपछि महानगरको नगरप्रमुख शाह र उपप्रमुख सुनिता डंगोलसहितको टोली अवलोकनका लागि शुक्रबार बिहान सिसडोल पुगेको थियो। 

सिसडोल पुगेको टोलीसँग स्थानीयले गुनासो पोखेका थिए। ‘सिसडोल क्षेत्रलाई हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था हुन्छ। केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ’’, प्रमुख शाहले भने। 

स्थानीयको समस्या र गुनासो सुनेपछि तत्काल आफूलाई काम गर्ने वातावरण मिलाइ दिन स्थानीय समुदायसँग नगरप्रमुख शाहले आग्रह गरेको छ । उनले भने, “म कुनै पार्टीको मानिस होइन, काम गर्न आएको स्वतन्त्र व्यक्ति हो, मैले काम गर्न कसैसँग साँठगाँठ गर्नुपर्दैन, काम गर्न त दिनुपर्यो, काम गरेको चार दिन मात्र भएको छ, काम गर्न दिएपछि मात्रै काम हुन्छ”, सिसडोलबासीलाई सम्झाउँदै उनले भने।

 


  • सम्बन्धित विषय:

  • # बालेन्द्र शाह
  • # घोषणा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend