कात्तिक १ गते २०८३ || October 17, 2026

पिकेको स्ववियु सभापतिमा नेविसंघकी ज्योती पनेरु निर्वाचित


पिपल अनलाइन
सोमबार, चैत ६ २०७९०७:३७

पिकेको स्ववियु सभापतिमा नेविसंघकी ज्योती पनेरु निर्वाचित

काठमाडौँ - पद्यकन्या क्याम्पस पिकेको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघकी ज्योती पनेरु निर्वाचित भएकी छिन् । पनेरुले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।

सचिवमा भुपेश्वरी ऐर र कोषाध्यक्ष पनि श्रेया मैनाली विजयी भएकी छन् । उनीहरु पनि नेविसंघबाटै निर्वाचित भएका हुन् । सचिवमा एमाले निकट अनेरास्ववियुकी सुनैना श्रेष्ठ र कोषाध्यक्षमा सुजाता सुनार पराजित भइन् । पिकेमा अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच तालमेल भएको थियो ।


  • सम्बन्धित विषय:

  • # पिकेको स्ववियु सभापतिमा नेविसंघकी ज्योती पनेरु निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend