कात्तिक १ गते २०८३ || October 17, 2026

सरकारलाई पूर्णता दिन आजदेखि दलहरूबीच छलफल सुरु 


मंगलबार, चैत ७ २०७९०७:१९

सरकारलाई पूर्णता दिन आजदेखि दलहरूबीच छलफल सुरु 

 काठमाण्डौँ  - सरकारलाई पूर्णता दिन आजदेखि दलहरूले छलफल सुरु गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेकाले आजबाट दलहरू सरकारलाई पूर्णता दिने विषयमा छलफलमा जुट्न लागेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका थिए ।  उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने बताएका थिए ।


  • सम्बन्धित विषय:

  • # सरकारलाई पूर्णता दिन आजदेखि दलहरूबीच छलफल सुरु


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend