कात्तिक १ गते २०८३ || October 17, 2026

सरकारमा जानुअघि न्यूनतम साझा कार्यक्रम ल्याऔँः नैनसिंह महर


पिपल अनलाइन
मंगलबार, चैत ७ २०७९०४:५१

सरकारमा जानुअघि न्यूनतम साझा कार्यक्रम ल्याऔँः नैनसिंह महर

 काठमाडौँ - नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनुअघि कांग्रेसले पार्टीभित्र छलफल गरी न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने धारणा राखेका छन् ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसका अवसरमा काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले न्यूनतम साझा कार्यक्रम तय गरी सत्ता साझेदार दलका बीचमा छलफल गराउनुपर्ने बताए । उनले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढंगबाट हुनुपर्नेमा जोड दिए ।

“सरकारमा सहभागी हुनु ठूलो कुरा होइन, सहभागी हुनुभन्दा पहिले गठवन्धनका दलबीच छलफल गरी न्यूनतम साझा कार्यक्रम बनाउनु पर्छ”, उनले भने, “त्यसपछि मात्र सरकारमा सहभागिता हुँदा राम्रो हुन्छ ।”

मुलुकको आर्थिक अवस्था सङ्कटोनुमुख हुँदै गएको भन्दै उहाँले उक्त समस्या समाधान गर्ने गरी न्यूनतम साझा कार्यक्रममा बनाइनुपर्नेमा जोड दिए ।

“आम जनता मलदेखि ढलसम्मको समस्या भोग्न बाध्य छन् । महँगीले दिनहुँ आकाश छुँदैछ । दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउने मजदुरलाई जीविकोपार्जन गाह्रो भइसकेको छ”, उनले भने ।

उनले देश र जनताले भोगिरहेका समस्यालाई सम्बोधन हुने गरी कांग्रेसले नीति तथा कार्यक्रमको खाका तयार गरी गठबन्धनमा आबद्ध दलमाझ लैजानुपर्ने धारणा राखे ।


  • सम्बन्धित विषय:

  • # सरकारमा जानुअघि न्यूनतम साझा कार्यक्रम ल्याऔँः नैनसिंह महर
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend