कात्तिक १ गते २०८३ || October 17, 2026

'दलित समूदायहरुले सयौं बर्षसम्म सम्झनेगरि केहि घोषणा गर्दैछु' : प्रधानमन्त्री दाहाल 


पिपल अनलाइन
मंगलबार, चैत ७ २०७९०५:०९

'दलित समूदायहरुले सयौं बर्षसम्म सम्झनेगरि केहि घोषणा गर्दैछु' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विभेद, ज्यादति र उत्पीडनमा परेको दलित समुदायको हकअधिकार स्थापीत गर्नका लागि आफुले बाहेक कसैले पहल नगर्ने दावी गरेका छन् ।

५८ औं अन्तराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा मूल आयोजक समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जातीय भेदभावमा परेका समूदायहरुको हक अधिकार स्थापीतका लागि आफुले बाहेक अरु कसैले केहि गर्न नसक्ने दावी गरेका हुन्।

उनले दलित समूदायहरुले सयौं बर्षसम्म सम्झनेगरि छिटै केहि घोषणा गर्न लागेको जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले उत्पीडित बर्गहरुले आफ्नो अधिकार भीक मागेर नभई संघर्षद्वारा प्राप्त गर्नुपर्नेमा जोड दिए।

राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार एवं सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिने उनले बताए।

यसका निम्ति कानुन निर्माण, संशोधन एवं व्यवस्थाकीय पक्षहरूमा सुधारका खेल्नुपर्ने भूमिकाका लागि सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ।


  • सम्बन्धित विषय:

  • # 'दलित समूदायहरुले सयौं बर्षसम्म सम्झनेगरि केहि घोषणा गर्दैछु' : प्रधानमन्त्री दाहाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend