कात्तिक १ गते २०८३ || October 17, 2026

प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी किन लाग्यो ? 


पिपल अनलाइन
मंगलबार, चैत ७ २०७९०५:४८

प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी किन लाग्यो ? 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उनी सहभागी कार्यक्रममा नाराबाजी भएको छ । मंगलबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित सार्वजनिक समारोहमा तीन युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेकोमा कुरा राख्न खोज्दा प्रहरीले ती युवालाई पक्रिन खोजेपछि उनी विरोधमा उत्रिएका हुन् । उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै नारा लगाएका थिए । त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । त्यहीबीच अर्का युवाले पनि नारा लगाएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी किन लाग्यो ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend