असोज ३० गते २०८३ || October 16, 2026

सामुदायिक विद्यालयमा तोडफोड गरेको आरोपमा दुई युवा पक्राउ 


सोमबार, जेठ २३ २०७९०७:५९

सामुदायिक विद्यालयमा तोडफोड गरेको आरोपमा दुई युवा पक्राउ 

जाजरकोट - जाजरकोटको एक सामुदायिक विद्यालयमा तोडफोड गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । नलगाड नगरपालिका ५ रघुनाथ सेराखेत स्थित जनकल्याण आधारभुत विद्यालयमा तोडफोड गरेको आरोपमा जनक वली र बिनोद खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । 

विद्यालयको ढोका तोडफोड गरि कोठा भित्रका महत्वपुर्ण सामाग्री नष्ट गरेको आरोमा नलगाड नगरपालिका ५ का २० बर्षीय जनक वली र २१ बर्षीय बिनोद खत्रीलाई प्रहरीले पक्राउ गरी आवस्यक कारवाही सुरु गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए । 

आरोपित युवाले विद्यालयको ढोका फोडी कम्प्युटर,कर्सी, टेबुल लगाएतका सामाग्रीहरु तोडफोड गरेको जनाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट सात सात दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको  प्रहरी निरीक्षक पन्तले जानकारी दिए। जनकल्याण आधारभुत विद्यालयका शिक्षक मदन रावलका अनुसार युवाहरुले आठ देखि १० लाख बरावर क्षति पुर्याएको बताए। 


  • सम्बन्धित विषय:

  • # विद्यालयमा
  • # तोडफोड


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend