कात्तिक १ गते २०८३ || October 17, 2026

बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सर्‍यो


पिपल अनलाइन
बुधबार, चैत ८ २०७९०६:०५

बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सर्‍यो

हेटौँडा - बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारिएको छ । बुधबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १० चैत शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो ।

बुधबारको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल विश्वासको मत लिने तयारी गरेका थिए । तर,  कांग्रेस सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच छलफलपछि बैठक सारिएको हो ।


  • सम्बन्धित विषय:

  • # बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सर्‍यो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend