कात्तिक १ गते २०८३ || October 17, 2026

मनोनयन दर्ता गर्न जाँदा के–के गर्न पाइँदैन ? यस्तो छ आयोगको १० बुँदे निर्देशन


पिपल अनलाइन
सोमबार, चैत २० २०७९०७:३६

मनोनयन दर्ता गर्न जाँदा के–के गर्न पाइँदैन ? यस्तो छ आयोगको १० बुँदे निर्देशन

 काठमाण्डौँ - तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । 

उपनिर्वाचनको उम्मेदवारी दर्ताका सम्बन्धनमा राजननीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्वाचन आयोगले दस बुँदे निर्देशन जारी गरेको छ । 

निर्देशनमा मनोनयन दर्ता गर्न जाने उम्मेदवारहरूले अपनाउनुपर्ने आचारसंहिता उल्लेख गरिएको छ ।

मनोनयनपत्र पेस गर्न जाँदा उम्मेदवारले प्रस्तावक र समर्थकसहित बढीमा २५ जनामात्रै लिएर जान पाउनेछन् । बाजागाजा, झाँकी, ब्यानर, चिह्न र झन्डासहित नजान पनि आयोगले निर्देशन दिएको छ । 

मनोनयनको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न पाइने छैन । 

त्यस्तै मनोनयनस्थलमा उम्मेदवारको पक्षमा नाराजुलुज, भाषण र प्रतिद्वन्द्वी लक्षित गालीगलौज र टिकाटिप्पर्णी गर्न पनि आयोगले बन्देज लगाएको छ । 

मनोनयन दर्ता गर्न जाँदा सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्था अन्तर्गतको स्रोत साधन प्रयोग गर्न पाइने छैन । 

संघीय सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका र त्यसका पदाधिकारीहरू पदीय हैसियतमा रहेर उम्मेदवारको मनोनयनमा सहभागी हुने पाउने छैनन्। 

उम्मेदवारी दर्ता गराउन जाँदा बालबालिकाको प्रयोग नगर्न पनि आयोगले निर्देशन दिएको छ। 

त्यस्तै संवैधानिक निकाय र सोका पदाधिकारीहरुले कुनैपनि राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारी साधन वा अन्य सामाग्री प्रयोग गर्न  दिन पाउने छैनन्।

राजनीतिक दल तथा उम्मेदवारहरूले मनोनयन दर्ता गर्न जाँदा हेलिकप्टर प्रयोग गर्न पाउने छैनन्। 

आयोगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीहरूलाई मनोनयन दर्ताका क्रममा उम्मेदवारसँग सहभागी नहुन पनि निर्देशन जारी गरेको छ। 


  • सम्बन्धित विषय:

  • # मनोनयन दर्ता गर्न जाँदा के–के गर्न पाइँदैन ? यस्तो छ आयोगको १० बुँदे निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend