कात्तिक २ गते २०८३ || October 18, 2026

जसपाका अध्यक्ष उपेन्द्र यादवले बारा २ मा मनोनयन दर्ता गराए


पिपल अनलाइन
सोमबार, चैत २० २०७९०२:२५

जसपाका अध्यक्ष उपेन्द्र यादवले बारा २ मा मनोनयन दर्ता गराए

 काठमाण्डौँ - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समर्थकहरु सहित बारा २ मा उम्मेदवारी दर्ताका गरेका छन् । १० वैशाखमा हुने उपनिर्वाचनका लागि उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्नुअघि उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै बाराको जनताले बोलाएपछि उनीहरुको सम्मानमा चुनाव लड्न आएको बताए । ‘जनता अजय हुन्छ । जनता सबैभन्दा माथि हुन्छ । जनतामा उत्साह उमंग भरिएको छ’, उनले भने ।


  • सम्बन्धित विषय:

  • # जसपाका अध्यक्ष उपेन्द्र यादवले बारा २ मा मनोनयन दर्ता गराए
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend