कात्तिक २ गते २०८३ || October 18, 2026

लामिछानेको राहदानी विवाद : मुद्दा दर्ता हुनुपर्ने मागसहित रिटमाथि आज सुनुवाइ 


पिपल अनलाइन
मंगलबार, चैत २१ २०७९०६:५८

लामिछानेको राहदानी विवाद : मुद्दा दर्ता हुनुपर्ने मागसहित रिटमाथि आज सुनुवाइ 

काठमाण्डौँ - पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता भएको छ । सिन्धुली घर भएका युवराज सफलले दायर गरेको उक्त रिटमाथि मंगलबार सुनुवाइ हुँदै छ ।

रिटमा महान्यायाधिवक्ताको कार्यालय, महान्यायाधिवक्ता दीनमणि पोखरेल, जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय नक्साल, जिल्ला प्रहरी परिसर टेकु र निर्वाचन आयोगका साथै रवि लामिछानेलाई विपक्षी बनाइएको छ । महान्यायाधिवक्ता पोखरेलले प्रहरी प्रतिवेदनका आधारमा प्रमाण नपुग्ने भन्दै ६ चैतमा लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय गरेका थिए । यही निर्णय खारेज गर्दै मुद्दा दायर हुनुपर्ने माग रिटमा गरिएको छ । 

‘वास्तवमा राहदानी रद्द हुँदैमा अपराध निरपराधमा बदलिने वा कारबाही नहुने भनी कानुनले उन्मुक्ति नदिएको विषयमा निज महान्यायाधिवक्ताले उन्मुक्ति दिन मिल्ने होइन,’ रिटमा भनिएको छ, ‘।।।आफू विदेशी नागरिक हुँदाहुँदै नेपाली नागरिक भएको भनी राहदानीको फर्म भरी राहदानी प्राप्त गर्र्नु झुटा विवरणको अपराध हो ।’ महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गर्न लिएको आधार गैरकानुनी र दूराग्रहपूर्ण रहेको दाबी रिटमा गरिएको छ । 


  • सम्बन्धित विषय:

  • # लामिछानेको राहदानी विवाद : मुद्दा दर्ता हुनुपर्ने मागसहित रिटमाथि आज सुनुवाइ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend