कात्तिक १ गते २०८३ || October 17, 2026

'आगामी बजेट इतिहासले सम्झिने गरी बनाउनू' : प्रधानमन्त्री दाहाल 


पिपल अनलाइन
मंगलबार, चैत २१ २०७९०७:११

'आगामी बजेट इतिहासले सम्झिने गरी बनाउनू' : प्रधानमन्त्री दाहाल 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले मन्त्रीहरूलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले परिणाम देखिने र जनताले महसुस गर्नेगरी काम गर्न भनेका हुन् । उनले आगामी आर्थिक वर्षको बजेट देशकै मुहार फेर्ने र इतिहासले सम्झिने गरी आउनुपर्ने बताएका छन् । 

ूआगामी बजेटमा देशकै मुहार फेर्ने र इतिहासले सम्झिने गरी क्रमभंगता जरुरी छ । हरेक मन्त्रालयले उत्पादन बृद्धि र रोजगारीमा केन्द्रित रहेर बजेट बनाउनोस् । राष्ट्रिय ढुकुटी अनावश्यक रूपमा खर्च हुने तर लाभको सुनिश्चितता भने हुँदै नभएका वा अत्यन्त थोरै भएका आयोजनामा खर्च प्रस्ताव नै नगर्नुस्,ू उनले निर्देशन दिँदै भने ।


  • सम्बन्धित विषय:

  • # 'आगामी बजेट इतिहासले सम्झिने गरी बनाउनू' : प्रधानमन्त्री दाहाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend