कात्तिक २ गते २०८३ || October 18, 2026

'नेपाली सेनाले विश्वमा मुलुकको प्रतिष्ठा बढाएको छ' : प्रधानसेनापति


पिपल अनलाइन
मंगलबार, चैत २१ २०७९०२:१५

'नेपाली सेनाले विश्वमा मुलुकको प्रतिष्ठा बढाएको छ' : प्रधानसेनापति

मन्थली - प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताएका छन् ।

श्री नं ९ बाहिनी अड्डाअन्तर्गत रामेछापको मन्थलीमा आज आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले भने, “देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको रक्षा गर्नु हाम्रो प्रमुख संवैधानिक दायित्व हो।”

यसका साथै सेनाले विकास निर्माण तथा पर्यावरण संरक्षणमा योगदान गर्दै आएको उनको भनाइ छ। नेपाली सेनाले सयुक्त राष्ट्रसंघअन्तर्गत विश्वशान्ति स्थापनामा समेत ठूलो योगदान गरी विश्वमा नेपालको प्रतिष्ठा बढाएको उनको भनाइ छ।

प्रधानसेनापतिले लामो सैनिक जीवनमा प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हित साथै नेपाली जनताको सेवामा आ–आफ्नो क्षेत्रबाट समर्पित रही आफूलाई सदैव एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकका रुपमा प्रस्तुत गर्न आग्रह गरे।

सम्बोधनकै क्रममा उनले भूतपूर्व सैनिकको जीवनलाई थोरै भए पनि सरल, सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताए।

उनले सैनिक कल्याणकारी कोषको रकम पारदर्शीरुपमा सदुपयोग गर्दै सीमित स्रोतसाधनका बाबजुद शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत सम्पूर्ण हिताधिकारीलाई सुविधा उपलब्ध गराउँदै आइरहेको र थप सेवा विस्तारमा नेपाली सेना प्रयत्नशील रहेको बताए। 


  • सम्बन्धित विषय:

  • # 'नेपाली सेनाले विश्वमा मुलुकको प्रतिष्ठा बढाएको छ' : प्रधानसेनापति
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend