कात्तिक १ गते २०८३ || October 17, 2026

मधेश प्रदेश : एमालेका मन्त्रीहरूले दिए राजीनामा


पिपल अनलाइन
मंगलबार, चैत २१ २०७९०४:५०

मधेश प्रदेश : एमालेका मन्त्रीहरूले दिए राजीनामा

काठमाडौँ - मधेश प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरूले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका हुन् ।

भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले सामूहिक राजीनामा दिएका हुन् ।

गत पुस २७ गते एमालेले समर्थन दिएपछि जनता समाजवादी पार्टी ९जसपा० का संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए । अब प्रदेशमा केन्द्रीय गठबन्धनअनुसारको सरकार बन्नेछ ।


  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश : एमालेका मन्त्रीहरूले दिए राजीनामा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend