कात्तिक १ गते २०८३ || October 17, 2026

सत्ता गठबन्धनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने


पिपल अनलाइन
बिहीबार , चैत २३ २०७९०७:३२

सत्ता गठबन्धनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

काठमाडौँ - सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन् । 
गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि  छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमबारे पार्टी पदाधिकारी बैठकमा जानकारी दिए अनुसार गठबन्धनको बैठक बसेर अन्तिम रुप दिइनेछ ।  आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 


  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend