असोज ३० गते २०८३ || October 16, 2026

लोकप्रिय टेलिभिजनकर्मी रवि लामिछाने राजनीतिक मैदानमा उत्रिने यस्तो तयारी


आइतबार, जेठ २९ २०७९१२:५३

लोकप्रिय टेलिभिजनकर्मी रवि लामिछाने राजनीतिक मैदानमा उत्रिने यस्तो  तयारी

काठमाडौं - लोकप्रिय टेलिभिजनकर्मी रवि लामिछाने राजनीतिक मैदानमा उत्रिने तयारी गरेका छन् । टेलिभिजन कार्यक्रममार्फत राजनीतिक, आर्थिक, सामाजिक क्षेत्र विकृति विसंगतिलाई जनसमक्ष ल्याउँदै आएका र स्वदेश र विदेशमा समस्यामा परेकाहरुलाई सोही कार्यक्रममार्फत सहयोग गर्दै आएका उनले अब राजनीतिमा लागेर देश बनाउने सोच बनाएको उनकै एक सहयोगीले बताए ।

उनले आफूले हाल सञ्चालन गर्दै आएको ग्यालेक्सी टेलिभिजनमा रहेको आफ्नो स्वामित्व बिक्री गर्ने र स्वतन्त्ररुपमा चुनाव उठ्ने तयारीमा छन् । लामिछाने काठमाडौंकै कुनै एक क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

यदि दलबाट चुनाव लडिहाले पनि जनताको नजरमा बदनाम भइसकेका दलहरुबाट चुनाव नलड्ने उनको योजना रहेको छ । लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रम निकै लोकप्रिय पनि छ ।


  • सम्बन्धित विषय:

  • # रवि लामिछाने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend