कात्तिक १ गते २०८३ || October 17, 2026

स्थगित क्याम्पसहरूमा एकै पटक चैत्र ३० गते स्ववियु चुनाव गर्ने विद्यार्थी संगठनबीच सहमति


पिपल अनलाइन
बिहीबार , चैत २३ २०७९०१:३२

स्थगित क्याम्पसहरूमा एकै पटक चैत्र ३० गते स्ववियु चुनाव गर्ने विद्यार्थी संगठनबीच सहमति

 काठमाण्डौँ - गत चैत ५ गते विभिन्न कारणले रोकिएका क्याम्पसहरुमा यही चैत ३० गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन हुने भएको छ ।

प्रमुख चार विद्यार्थी संगठनहरुबिच भएको सहमति अनुसार अब काठमाडौं उपत्यका सँगै देशैभरी रोकिएका त्रिविका आंगिक तथा सम्वन्धप्राप्त क्यामपसहरुमा चैत ३० गते एकैपटक चुनाव हुनेछ् ।

आज नेकपा एमाले निकटको अनेरास्ववियु ,नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकटको अनेरास्ववियु क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकटको अनेरास्ववियू का अध्यक्षहरु सबै क्याम्पसमा एकैपटक चुनाव गराउन सहमत भएका हुन् ।


  • सम्बन्धित विषय:

  • # स्थगित क्याम्पसहरूमा एकै पटक चैत्र ३० गते स्ववियु चुनाव गर्ने विद्यार्थी संगठनबीच सहमति
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend