असोज ३० गते २०८३ || October 16, 2026

औद्योगिक प्रदर्शनीलाई सफल बनाउन सातवटै प्रदेशसँग सहयोग प्रस्ताव


आइतबार, जेठ २९ २०७९१०:४८

औद्योगिक प्रदर्शनीलाई सफल बनाउन सातवटै प्रदेशसँग सहयोग प्रस्ताव

चितवन - चितवन उद्योग संघले सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई सफल बनाउन सातवटै प्रदेशसँग सहयोग प्रस्ताव पेश गरेको छ । दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवर्धन भन्ने नारासहित चितवन उद्योग संघको आयोजनामा आगामी पुस १, २ र ३ गते आयोजना हुने प्रदर्शनीलाई सफल बनाउन प्रस्ताव पेश गरेको हो । 

संघका  अध्यक्ष त्रिलोचन कँडेलको नेतृत्वको टोलीले सातै प्रदेशमा प्रस्ताव पेश गरेको हो । टोलीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री शालिकराम जमरकट्टेल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री कृष्णप्रसाद खनाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठलाई पेस गरेको   छ ।  

प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्रालयका मन्त्री प्रताप प्रकाश हाङगाम, मधेस प्रदेश सचिव विशाल घिमरे, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, सुदुरपश्चिम प्रदेशका सचिव जितेन्द्र बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई भेटेर सहयोग मागेको  हो । 

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको नेतृत्वमा औद्योगिक प्रदर्शनीका लागि संघका निवर्तमान अध्यक्ष राजु पौडेल, पूर्वअध्यक्ष भेषराज दुवाडी, उपाध्यक्षहरु सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, गजेन्द्र अधिकारी, मदन चिरञ्जीवी पोखरेल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल लगायतको टोलीले सहयोगका अपिल गरेका हुन् ।


  • सम्बन्धित विषय:

  • # औद्योगिक–प्रदर्शनी
  • # चितवन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend