कात्तिक १ गते २०८३ || October 17, 2026

प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिले पूर्णता पायो


पिपल अनलाइन
बिहीबार , चैत २३ २०७९०५:३९

प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिले पूर्णता पायो

 काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिमा रहने सांसदहरूको नाम मनोनयन गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा घिमिरेले समितिमा रहने सदस्यहरुको नाम पढेर सुनाएका थिए । समितिमा मनोनीत हुने सांसदहरूमा अजय कुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेश कुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो।शी। ९चौधरी०, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईँ, हितराज पाण्डे र ज्ञान बहादुर शाही रहेका छन्। 

नयाँ नियमावली पारित भएसँगै प्रतिनिधिसभाको २१ सदस्यीय कार्य व्यवस्था परामर्श समितिले पूर्णता पाएको छ।

बैठकमा प्रतिनिधिसभाका सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट पारित गरेर सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ु र ुसुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८ु टेबुल गरेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोक सेवा आयोगको ६३औँ वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । 


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिले पूर्णता पायो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend