कात्तिक २ गते २०८३ || October 18, 2026

नेपालमा थप ८५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित कति ? 


पिपल अनलाइन
बिहीबार , चैत २३ २०७९०६:०६

नेपालमा थप ८५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित कति ? 

 काठमाण्डौँ - पछिल्लो २४ घण्टामा देशभर ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ४ सय २ जनाको नमुना परीक्षण गर्दा ८५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा २७ जना सङ्क्रमित निको भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ५८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यस्तै मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ७५ हजार ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको छ ।


  • सम्बन्धित विषय:

  • # नेपालमा थप ८५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend