कात्तिक २ गते २०८३ || October 18, 2026

नेपाल-चीन कुटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै


पिपल अनलाइन
शुक्रबार, चैत २४ २०७९०८:५९

नेपाल-चीन कुटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

काठमाडौँ - नेपाल चीन कुटनीतिक परामर्श संयन्त्रको बैठक आज बस्दैछ । बैठक चीनको राजधानी बेइजिङमा बस्नेछ ।

बैठकको लागि परराष्ट्र सचिव भरतराज पौड्याल नेपाली टोलीको नेतृत्व गरेर चीन गइसकेका छन् । बैठकमा द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल हुनेछ ।

विहीबार परराष्ट्र सचिव भरतराज पौड्यालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री चिङ काङसँग भेटवार्ता गरेका छन् ।
चीनको बेइजिङमा रहेको परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको बेइजिङमा रहेको नेपाली दूतावासले जनाएको छ ।

भेटमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, मन्त्रालयका सहसचिव लोकबहादुर थापा, दुवै देशका परराष्ट्र मन्त्रालय र दूतावासका उच्च अधिकारीहरूको उपस्थिति थियो ।


  • सम्बन्धित विषय:

  • # नेपाल-चीन कुटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend