असोज ३० गते २०८३ || October 16, 2026

माछा मार्ने क्रममा पानीमा डुबेर दुई युवकको मृत्यु


आइतबार, जेठ २९ २०७९११:३९

माछा मार्ने क्रममा पानीमा डुबेर दुई युवकको मृत्यु

तनहुँ - माछा मार्ने क्रममा तनहुँमा दुई युवकको आइतबार डुबेर मृत्यु भएको छ । भानु नगरपालिका–२ बस्ने वर्ष २२ को सागर गुरुङ र वर्ष ३५ को धनबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिए । 

उनले भानु २ र ५ को सङ्गमस्थल चुँदी खोलको बाङ्गेर पौडी खेल्दै माछा मार्ने क्रममा दुवैजनाको डुबेर मृत्यु भएको जानकारी दिए। मृतक दुवै नाताले दाजु र भाइ हुन् । मामा र फुपुको छोरा दुई मिलेर माछा मार्न गएको र दुवै जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको स्थानीयबासिन्दा राजेश कार्कीले बताए।

 दिउँसो ४ः३० बजे  दाजुभाइ माछा मार्न गएकोमा स्थानीयले मृत अवस्थामा भेटिएको प्रहरीलाई खबर गरेको कार्कीले बताए। साँझ ७ बजे खोलाबाट शव निकालेर दमौली अस्पतालमा पोष्टमार्टमका लागि लगिएको प्रहरी निरीक्षक भुषालले जानकारी दिए । 


  • सम्बन्धित विषय:

  • # तनहुँ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend